२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल आइडल फेम पवन गिरीको नयाँ गीत ‘मन भारी’ भावुक म्युजिक भिडियोसहित सार्वजनिक


सञ्चार डबली
  • सोमबार, असार १५ २०८३
  • 2.0K
    SHARES

  • नेपाल आइडल फेम पवन गिरीको नयाँ गीत ‘मन भारी’ भावुक म्युजिक भिडियोसहित सार्वजनिक

    काठमाडौँ । नेपाल आइडल सिजन–२ बाट दर्शकमाझ लोकप्रिय बनेका गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ बजारमा आएको छ। बहुप्रतिभाशाली गायक गिरीकै शब्द, संगीत र स्वरमा सजिएको उक्त गीत सोमबार उनको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेम, मानवीय भावना र सम्बन्धका गहिरा आयामहरूलाई कलात्मक रूपमा समेटिएको यस गीतमा एउटा मन छुने भावुक प्रेमकथालाई संगीतमार्फत प्रस्तुत गरिएको छ।

    म्युजिक भिडियोमा चर्चित कलाकार सुनिल थापा र मोडल कबिता न्यौपानेको जीवन्त अभिनय देख्न सकिन्छ। गीतको अर्थपूर्ण एवं भावनात्मक शब्द, मधुर संगीत र कलाकारहरूको उत्कृष्ट अभिनयका कारण ‘मन भारी’ले दर्शक तथा श्रोताको मन जित्ने पूर्ण अपेक्षा गरिएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend