काठमाडौं – नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन (Innovation), स्टार्टअप प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउँदै उद्यमशीलताको बलियो इकोसिस्टम विकास गर्ने समेत बताए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक हुने उल्लेख गरे। "निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वमै निर्भर छ," उनले भने। FNCCI ले NYEF सँग मिलेर स्टार्टअप विकास, वित्तीय पहुँच, मेन्टरसिप र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा थप सहकार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित टोलीलाई शुभकामना दिए। आफू स्वयं पनि स्टार्टअप उद्यमको पृष्ठभूमिबाट आएकाले युवा उद्यमीका चुनौतीप्रति सरकार संवेदनशील रहेको उनले बताए। लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खनालको भनाइ थियो। उनले NYEF ले मुलुकमा सकारात्मक अवसरहरूको सन्देश प्रवाह गर्दै नयाँ पुस्तालाई प्रेरित गरिरहेको भन्दै प्रशंसा गरे।
नवगठित कार्यसमिति (२०२६):
-
अध्यक्ष: अनुकूल श्रेष्ठ
-
निवर्तमान अध्यक्ष: एल्भिस रञ्जित
-
प्रथम उपाध्यक्ष: प्रकिरण श्रेष्ठ
-
द्वितीय उपाध्यक्ष: आशिष भण्डारी
कार्यसमिति सदस्यहरू:
-
आशंक श.ज.ब. राणा
-
रितेज श्रेष्ठ
-
अभिषेक शारदा
-
श्रद्धा कटुवाल
-
कुशल जोशी
-
अनिष रौनियार
-
नीरज काफ्ले
-
अस्मी श्रेष्ठ
-
निकीता श्रेष्ठ
-
अभिनभ राज श्रेष्ठ
-
क्षितिज ध्वज थापा



