२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक एवं अध्येता रमेश रुछेन राईलाई प्रदान


सञ्चार डबली
  • आइतबार, असार १४ २०८३
  • 1.8K
    SHARES

  • ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक एवं अध्येता रमेश रुछेन राईलाई प्रदान

    काठमाडौं । यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। मदन भण्डारी फाउण्डेशनले राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लागि यो पुरस्कार प्रदान गरेको हो।

    आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच उनलाई उक्त पुरस्कार हस्तान्तरण गरियो।

    जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान र उनीसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन तथा वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउण्डेशनले हरेक वर्ष यो राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।

    इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्। उनको यो पुरस्कृत कृतिले मदन भण्डारीको जीवन र राजनीतिक दर्शनलाई नजिकबाट बुझ्न सघाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend