२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा


सञ्चार डबली
  • शुक्रबार, असार १२ २०८३
  • 2.0K
    SHARES

  • images
    अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

     

    काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

    अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’बाट चार अंक बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो ।

    त्यस्तै ६ अंकका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।

    सोही समूहमा रहेको टर्की ३ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३-२ गोलअन्तरले पराजित भएको थियो । यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend