काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखरामा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु भएको छ ।
काठमाडौंमा सीजीको ‘महामेला एक्सचेन्ज कार्निभल’ सफलपछि बुधबार (आज) बाट पोखराको अमरसिंह मैदानमा मेला सुरु भएको हो ।
नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्राण्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारीसाधनहरू अवलोकन गर्न पाउनेछन् ।
कार्यक्रममा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनीमा राखिएका छन् ।
असार १० गते बुधबार (आज) बाट सुरु भएको उक्त मेला आगामी असार १५ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ९ः३० बजेबाट सुरु हुने मेला साँझ ६ बजेसम्म चल्नेछ ।



