२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी


सञ्चार डबली
  • बिहीबार , असार ४ २०८३
  • 10.4K
    SHARES

  • images
    क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी

    फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई  पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो । 

    खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

    ४२औँ मिनेटमा  इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो । 

    खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend