२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, असार ३ २०८३
  • 1.1K
    SHARES

  • नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढ्यो, कति भयो कारोबार ?

    काठमाडौं- सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर हरियो रहँदा कुल ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    नेप्सेका अनुसार आज ८३ लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको, १३१ कम्पनीको घटेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    बजारमा आज पनि केही कम्पनीमा उच्च मूल्य वृद्धि देखिएको छ। सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट नजिक पुगेका छन्। यद्यपि अन्य कम्पनीहरूको मूल्य वृद्धि भने अधिकतम ७.५० प्रतिशतसम्म सीमित रहेको छ।

    गिरावटतर्फ भने केही कम्पनीको सेयर मूल्य ८.६४ प्रतिशतसम्म घटेको देखिएको छ। कारोबार रकमका आधारमा शीर्ष कम्पनीहरूको कारोबार १५ करोडदेखि २१ करोड रुपैयाँको बीचमा सीमित रहेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता केही खुम्चिएको संकेत गरेको छ।

    समूहगत प्रदर्शन हेर्दा विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी तथा उत्पादन एवं प्रशोधन समूहमा सामान्य वृद्धि देखिएको छ। यता वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका सूचकहरू भने घटेका छन्।

    बजार परिसूचक सामान्य अंकले बढे पनि अधिकांश कम्पनीको मूल्य घटेकाले लगानीकर्तामा मिश्रित मनोविज्ञान देखिएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend