२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?


सञ्चार डबली
  • आइतबार, जेठ ३१ २०८३
  • 2.4K
    SHARES

  • images
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

    काठमाडौँ / नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। तथ्याङ्कअनुसार जेठ महिनाको तुलनामा असारमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

    व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर जेठ महिनाको ४.३४३ प्रतिशतविन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशतविन्दु कायम भएको छ। 

    त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.२०४ प्रतिशतविन्दुबाट घटेर ३.१८ प्रतिशतविन्दुमा झरेको छ।

    बैंकहरूको व्यक्तिगत निक्षेप ब्याजदरमा सबैभन्दा ठुलो कटौती लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले गरेका छन्। यी बैंकहरूले ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।

    त्यस्तै, हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु तथा एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ०.०५ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

    अर्कोतर्फ, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक र सानिमा बैंकसहित १४ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्। 

    note1.JPG

    बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ।हाल बैंकहरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।

    कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन्।मासिक रुपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend