२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न


सञ्चार डबली
  • बुधबार, जेठ २७ २०८३
  • 3.2K
    SHARES

  • images
    चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न

    काठमाडौं । आइडिया ग्रोभको आयोजनामा चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ। जेठ २५ देखि २७ गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारहरूको सहभागिता रहेको थियो।

    तालिममा चलचित्र समीक्षा, चलचित्र साक्षरता (सिनेमा लिटरेसी), चलचित्रको विकासक्रम, सिनेमाको सामाजिक तथा सांस्कृतिक प्रभाव, चलचित्रका आधारभूत तत्त्व, चलचित्र पत्रकारितामा भाषाको महत्व, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षलाई अझ जिम्मेवार, चलचित्र पत्रकारिताको व्यावसायिक अभ्यास, आचारसंहिता, समसामयिक चुनौती तथा अवसर’, व्यावसायिक तथा गुणस्तरीय बनाउने उद्देश्य लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा राजेश गङ्गाजु, अखण्ड भण्डारी तथा शान्तराम बिडारीले सहजीकरण गरेका थिए।

    तालिमभर सहभागी पत्रकारहरूले चलचित्र समीक्षा, चलचित्र साक्षरता तथा व्यावसायिक चलचित्र पत्रकारिताबारे नयाँ ज्ञान, दृष्टिकोण र विचार, चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने तथा चलचित्र समीक्षा लेखनलाई व्यावसायिक चलचित्र पत्रकारिताबारे नयाँ ज्ञान, दृष्टिकोण र विचार प्राप्त भएको सहभागीहरूको भनाइ थियो।

    1781093804-Y3yQx.jpg
    undefined

    समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। स्वस्थ समीक्षा, तथ्यपरक पत्रकारिता र आलोचनात्मक चेतनाले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुग्ने उनको भनाइ थियो।

    अध्यक्ष डिसीले पत्रकारहरूलाई चलचित्रको सकारात्मक र आलोचनात्मक पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्न आग्रह गर्दै यस्ता तालिमले चलचित्र पत्रकारितामा नयाँ ऊर्जा र व्यावसायिकता थप्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा पनचलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend