२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सामसङ नेपालले गर्‍यो विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक


सञ्चार डबली
  • बुधबार, जेठ २७ २०८३
  • 1.5K
    SHARES

  • images
    सामसङ नेपालले गर्‍यो विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक

    काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। यसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने कम्पनीले जनाएको छ।

    यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। यो अफरअन्तर्गत छनोट गरिएको सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। यसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्ने उल्लेख छ।

    उत्कृष्ट इमर्सिभ अनुभवको लागि ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले मात्र ९ हजार ९९९ मा ४९ हजार ९९० मूल्यको साउन्डबार पनि प्राप्त गर्न सक्नेछन्। यसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली, इमर्सिभ अडियो थप्ने कम्पनीले जनाएको छ।

    विश्वकप सिजनमा खेल मात्र होइन, थप मनोरञ्जन पनि सजिलै प्रदान गर्नका लागि सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि दिइरहेको छ।

    ब्युएलइडीरयुएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुनेछ भने एफएचडीरएचडी मोडेलमा ६ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुनेछ, जसले ग्राहकलाई कम झन्झटमा बढी मूल्यसहित लाइभ खेल र मनोरञ्जन प्राप्त गर्न सकिने जनाइएको छ।

    उपलब्ध टिभी अफरहरूः

    Screenshot 2026-06-10 132301

    साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन्। नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सीधै पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ। 

    अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसङ स्टोरमा गएर विवरण बुझ्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend