काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा, नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीगोले फुटबल प्रेमीहरूका लागि विशेष घोषणा गरेको छ ।
अब दर्शकहरूले आफ्नो मोबाइलमा नेपाली कमेन्टरी र उच्च गुणस्तरको फुल एचडी भिडियोमा विश्वकपका सबै १०४ वटा खेलहरूको मजा लिन सक्नेछन् ।
डीगो एपले ५४९ रुपैयाँमा मोबाइल ओन्ली पास ल्याएको र डीगो एपमा गएर खरिद गर्न सकिने जनाइएको छ । दर्शकहरूले कुनै झन्झटबिना सजिलै डीगो एपमार्फत आफ्नो मोबाइल पास खरिद गर्न सक्नेछन् ।
नेपाली कमेन्टरीका साथै आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सकिने सुविधा उपलब्ध हुने जनाइएको छ ।
“हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौँ,” डीगोका प्रवक्ताले भने, “डीगो एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिंकहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ ।”
सरुक्षित रहनहुोस, आधिकारिक प्लेटफर्म छान्नहुोस:
हाल अनलाइनमा देखिएका 'फ्रिस्ट्रिमिङ' वा शंकास्पद एपका विज्ञापनहरूबाट बच्न डीगोले सम्पर्णूर्णदर्शकर्शहरूलाई आग्रह गरेको छ। यस्ता अनधिकृत प्लेटफर्महर्मरूले तपाईँको व्यक्ति गत जानकारी र बकिैंकिङ विवरणहरूमा जोखिम निम्त्याउन सक्छन। तसर्थ, नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर डीगोको एप प्रयोग गरी ढुक्कसँग विश्वकपको मजा लिनहुोस।



