२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

किन बोलाए रवीले सर्वदलीय बैठक ?


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 6.2K
    SHARES

  • images
    किन बोलाए रवीले सर्वदलीय बैठक ?

    काठमाडौं - भारत भ्रमणबाट फर्केपछि रास्वपा सभापति रवि लामिछानेले  सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समिति हलमा बसिरहेको छ । सर्वदलीय बैठकमा नेपाली काँग्रेस, एमाले,नेकपा,राप्रपाका प्रतिनिधिहरु पुगेका छन् । शीर्ष नेतासहित अर्का एक जना प्रतिनिधि बोलाइए पनि बैठकमा राप्रपा अध्यक्षबाहेक अन्य दलबाट अध्यक्ष वा सभापतिको सहभागिता छैन् । 

    बैठकको उद्देश्य सार्वजनिक नभए पनि भारत भ्रमणको बारेमा केन्द्रित हुने विश्वास गरिएको छ । लामिछाने भारत जानुभन्दा केही घण्टा अघि मात्र प्रधानमन्त्री बोलेन्द्र शाहले संसदमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनेर किटानीसाथ बोलेका थिए । जसको अहिले मुलुकभर बिरोध भैरहेको छ । बिरोध र विवाद यतिसम्म बढेको छ कि प्रधानमन्त्रीलाई देशद्रोहको मुद्धा लाउनुपर्दछ भन्ने सम्मको आवाज उठेको छ । लगत्तै भएको भ्रमणमा रवीले सीमाको बारेमा केी पनि बोलेनन् । भारतीय मिडियाहरुले बालेन्द्रको उक्त भनाइलाई ठूलो महत्वकासाथ सम्पे्रषण गरे । भारतीय नेता र वौद्धिकहरुले बालेनको उक्त भनाइलाई स्वागत गरे । यसबीचमा बोलाइएको बैठकको निष्कर्श के आउला भन्ने अहिले अनुमान मात्र गर्न सकिन्छ । भारतीय सत्तालाई रिझाउन जे पनि बोल्ने र गर्ने सरकार प्रमुखलाई कुनै नियन्त्रण गर्न नसकेको आरोप रास्वपा र सभापति लामिछानेमाथि लाग्न थालेको छ । तसर्थ, बैठकको उपलब्धीबारे विभिन्न अनुमानहरु भैरहेकोबेला  श्रम संस्कृति पार्टीका हर्क सम्पाङले भनेरै बैठक बहिष्कार गरेका छन् । रविले समसामयिक राजनीतिक एजेण्डा भने पनि मुख्यतः आफ्नो हालै सम्पन्न  भारत भ्रमणबारे जानकारी गराउने र सँसद्को अवरोध खुलाउने उद्देश्यले भेला बोलाएको बताइन्छ । 

    नेकपा संयोजक पुष्पकमल दाहाल बिरामीका कारण बैठकमा गएनन् । उनी निमोनिया भएकाले अस्पतालको उपचार सकाएर अहिले डेरामै आराम गरिरहेका छन् । नेकपाको तर्फबाट सह संयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा पुगेका छन् ।

    सत्तारुढ दलले बोलाएको बैठकमा सम्वादका लागि भए पनि जाने र आफ्ना कुरा राख्ने नेकपाको निर्णयबमोजिम नेपाल सहभागी भएका हुन् । एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर,नेपाली काँग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे गएका छन् । एमाले र काँग्रेसबाट पनि शीर्ष नेता देखिन्नन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend