२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यशोधा फुड्स प्रा.लि ले भन्यो, निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य


सञ्चार डबली
  • सोमबार, जेठ २५ २०८३
  • 4.6K
    SHARES

  • images
    यशोधा फुड्स प्रा.लि ले भन्यो, निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य

    काठमाडौँ । यशोधा फुड्स प्रा.लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ.। एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच.नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच.नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ ।

    ‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

    त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend