२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा सुनसरीको विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग


सञ्चार डबली
  • बुधबार, जेठ २० २०८३
  • 3.8K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा सुनसरीको विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

    काठमाडौं। नेपाल एसबिआई बैंक लि.द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका -८, स्थित,  श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामाग्रीहरु प्रदान गरेको छ ।

    उक्त सामाग्रीहरु बैंककी कोशी प्रदेश प्रमुख, श्री दमयन्ती जोशीले श्री सेतो गुराँस नमुना बालबाटिकाकी प्रधानाध्यापक, श्री लक्ष्मी चौधरीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ ।

    यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ११० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend