२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान गर्यो


सञ्चार डबली
  • आइतबार, जेठ १७ २०८३
  • 2.4K
    SHARES

  • images
    याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान गर्यो

    काठमाडौं । याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो।

    यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो। याङ्गोले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि लचिलो आम्दानीको अवसर सिर्जना गर्दै आएको छ।

    याङ्गो प्रो प्लेटफर्ममार्फत पार्टनरहरूले एउटै एपबाट ट्याक्सी र डेलिभरी दुवै प्रकारका अर्डर लिन सक्छन्। यसले उनीहरूलाई आफूअनुसार काम छनोट गर्न र आम्दानी बढाउन सहयोग पुर्याउँछ साथै यसमा नयाँ डेलिभरी पार्टनरका लागि सेल्फ–रजिस्ट्रेशन सुविधा पनि उपलब्ध छ।

    याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भन्नुभयो, “याङ्गा्ेले नेपालमा डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि अवसर विस्तार गर्न र प्रयोगकर्तालाई भरपर्दो सेवा दिन स्थानीय साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ।” यो कार्यक्रम याङ्गो डेलिभरीका स्थानीय साझेदारहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend