२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अनर नेपालले गर्यो अनर ६०० र अनर ६०० प्रो सार्वजनिक


सञ्चार डबली
  • शनिबार, जेठ १६ २०८३
  • 4.0K
    SHARES

  • images
    अनर नेपालले गर्यो  अनर ६०० र अनर ६०० प्रो सार्वजनिक

    काठमाडौं- स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल नेपाली बजारमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ ।

    यसमा इमेजलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर र एआई फोटो इरेजर टुल पनि रहेको छ । यो फोनमा ७ हजार एमएएच ब्याट्री, ८० वाटको फास्ट चार्जिङ तथा २७ वाटको रिभर्स चार्जिङ सपोर्ट र २५६ जीबी स्टोरेज क्षमता रहेको छ । अनर ६०० को ८ जीबी ¥याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ र १२ जीबी ¥याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

    त्यस्तै, ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागत ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा पनि इमेजलाई भिडियोमा परिणत गर्ने एआई फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५ह अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ ।

    अनर ६०० प्रोमा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । यसको १२ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

    यता, कम्पनीले अनर ६०० खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क दिने भएको छ । त्यस्तै, अनर ६०० प्रो खरिद गर्ने ग्राहकले भने उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रूपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क प्राप्त गर्नेछन् । यो अफर सीमित अवधिको लागि लागू हुने अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend