काठमाडौं । सामसङले नेपालमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘अपग्रेड टु ग्यालेक्सी’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी सिरिजका स्मार्टफोन खरिद गर्दा विशेष छुट, ईएमआई सुविधा तथा बोनस डाटाको लाभ लिन सक्नेछन् ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एस२६ सिरिज, ए५७ फाइभजी, ए३७ फाइभजी, ए१७ तथा एम१७ मोडलहरूमा यो विशेष योजना लागु गरिएको छ । ग्राहकहरूले पुरानो डिभाइस एक्सचेन्ज गर्दा सहज मूल्यांकन, आकर्षक अफर तथा सजिलो फाइनान्स सुविधासमेत प्राप्त गर्नेछन् ।

यस योजनासँगै एनसेलको विशेष बोनस डाटा अफर पनि उपलब्ध गराइएको छ । ग्यालेक्सी एस२६ सिरिज खरिद गर्ने ग्राहकहरूले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याकमा प्रत्येक रिचार्जमा १५ जीबी बोनस डाटा प्राप्त गर्नेछन् । १२ पटकसम्म रिचार्ज गर्दा कुल १८० जीबी डाटाको सुविधा उपलब्ध हुनेछ । त्यसैगरी ए५७, ए३७, ए१७ र एम१७ मोडल खरिद गर्ने ग्राहकहरूले २९९ रुपैयाँको प्याकमा प्रत्येक रिचार्जमा १० जीबी बोनस डाटा प्राप्त गर्नेछन्, जसबाट १२ पटकसम्म कुल १२० जीबी डाटा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
सामसङको नयाँ ग्यालेक्सी एस२६ सिरिज कम्पनीको नवीनतम फ्ल्यागशिप स्मार्टफोन श्रृंखला हो, जसमा शक्तिशाली परफर्मेन्स, अत्याधुनिक कृत्रिम बुद्धिमत्ता आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ । त्यसैगरी ग्यालेक्सी ए५७ र ए३७ फाइभजी मोडलहरूमा स्मार्ट एआई फिचर, आकर्षक डिजाइन तथा भरपर्दो कार्यसम्पादन उपलब्ध गराइएको छ, जसले दैनिक प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो अफर सीमित अवधिका लागि अर्थात् मे २७ देखि जुन ३० सम्म देशभर रहेका आधिकारिक सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ । कम्पनीले ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य विस्तृत जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न आग्रह गरेको छ ।