२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको हो –घनश्याम भुसाल


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 8.5K
    SHARES

  • images
    ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको हो –घनश्याम भुसाल


    काठमाडौं वैशाख ६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले  यदुवंशी मुसलको संज्ञा दिएका छन् । आज काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताएका छन् । 

    उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए । उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको आरोप लगाएका छन् । त्यस्तै महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरिका नजिक रहेको बताएका छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend