२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लक्ष्मी सनराईज क्यापिटल र जेनेसिस भेन्चर्स लिमिटेडबिच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता


सञ्चार डबली
  • मंगलबार, जेठ १२ २०८३
  • 7.5K
    SHARES

  • images
    लक्ष्मी सनराईज क्यापिटल र जेनेसिस भेन्चर्स लिमिटेडबिच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता

    काठमाडौं- लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।

    लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।

    यस सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्ने छ । यो साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

    जेनेसिस भेन्चर्स लिमिटेड एक निजी बजार लगानी कम्पनी हो जुन सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी केन्द्रित रहेको छ, उच्च–बृद्धि क्षेत्रहरू र दीर्घकालीन मूल्य सिर्जनालाई लक्षित गर्दै कम्पनीले बलियो आधारभूत र विस्तार सम्भावना भएका व्यवसायहरू पहिचान गर्ने र लगानी गर्ने लक्ष्य राखेको छ । प्रस्तावित आईपीओले कम्पनीको भविष्यको वृद्धि र रणनीतिक विस्तार पहलहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend