२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरु


सञ्चार डबली
  • मंगलबार, जेठ १२ २०८३
  • 3.9K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ-रिन्यु’ सुविधा सुरु

    काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ सुविधा थप गर्दै डिजिटल बैंकिङलाई अझ सहज, छिटो र ग्राहकमैत्री बनाएको छ।

    बैंकका अनुसार नयाँ अपडेटमार्फत ग्राहकहरूले अब मोबाइल बैंकिङ सेवा नविकरण (Renewal) घरमै बसेर गर्न सक्नेछन्। यसका लागि एपमा लगइन गरेपछि “Expiry Pop-up” देखिने र त्यहाँ रहेको “Renew Now” विकल्प क्लिक गरी प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ।

    नयाँ प्रणालीअनुसार ग्राहकहरूले सेवा नविकरणका लागि शाखा धाउनुपर्ने झन्झट हटेको बैंकले जनाएको छ। एपमार्फत नै नविकरण शुल्क सम्बन्धी जानकारी हेरेर आवश्यक प्रक्रिया पूरा गरेपछि “Continue” क्लिक गरी ट्रान्ज्याक्सन पिन (Transaction PIN) प्रयोग गरेर सेवा पुनः सक्रिय गर्न सकिनेछ।

    बैंकका अनुसार सेवा नविकरणपछि मोबाइल बैंकिङ सेवा तुरुन्तै पुनः सञ्चालनमा आउनेछ। अपग्रेड गरिएको प्रणालीले ग्राहकहरूलाई आफ्नो राष्ट्रिय परिचयपत्र (NID), प्यान (PAN) तथा इमेल विवरण एपमै अद्यावधिक गर्न सक्ने सुविधा पनि दिएको छ। यसले डिजिटल बैंकिङलाई अझ सुरक्षित र व्यवस्थित बनाउने बैंकको विश्वास छ।

    बैंकले नयाँ ‘सेल्फ–रिन्यु’ प्रणालीले मोबाइल बैंकिङ प्रयोगलाई थप प्रभावकारी बनाउने बताएको छ। यसले ग्राहकहरूलाई समयको बचत, सहज पहुँच र बैंकिङ सेवामा निरन्तरता सुनिश्चित गर्नेछ।

    मुक्तिनाथ विकास बैंकले डिजिटल बैंकिङ विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाउँदै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend