२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया


सञ्चार डबली
  • शुक्रबार, जेठ ८ २०८३
  • 3.0K
    SHARES

  • images
    ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

    काठमाडौँ / सेरामिक तथा भिट्रिफाइड टायल ब्रान्ड कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गरेको छ ।

    यससम्बन्धी औपचारिक पत्रकार सम्मेलन जेठ ७ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो । कार्यक्रममा ब्रान्डले यो सहकार्यलाई केवल प्रायोजन नभई नेपाली युवाको आकांक्षा, आत्मविश्वास र सफलताको यात्रासँग जोडिने अवसरका रूपमा व्याख्या गरेको छ । 

    कजारियाका अनुसार यो साझेदारीले ब्रान्डलाई टायल तथा डिजाइन सोलुसनभन्दा बाहिर विस्तार गर्दै आधुनिक नेपाली जीवनशैली, आत्मविश्वास र उत्कृष्टताको प्रतिनिधित्व गर्ने उद्देश्य राखेको छ ।

    कार्यक्रममा कम्पनीका प्रवक्ताले मिस नेपाल जस्तो मञ्चले आधुनिक नेपालको भावना, महत्वाकांक्षा र उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने भएकाले आफूहरू यससँग जोडिन पाउँदा गर्व महसुस भएको बताए ।

    कजारियाले यस सहकार्यमार्फत देशभरका उपभोक्तासँग भावनात्मक सम्बन्ध अझ बलियो बनाउने र ब्रान्ड उपस्थितिलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।

    कजारिया रमेश टायल्स लिमिटेड नेपालमा उन्नत प्रविधिसहित टायल उत्पादन तथा वितरणमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ । कम्पनीले १०० भन्दा बढी शोरूममार्फत सेवा विस्तार गरिसकेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend