२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
युनिलिभर नेपाल र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न समुदायमुखी सामाजिक उत्तरदायित्व पहलको शुभारम्भ

युनिलिभर र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न कार्यक्रम सुरु


सञ्चार डबली
  • शुक्रबार, जेठ ८ २०८३
  • 3.3K
    SHARES

  • images
    युनिलिभर र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न कार्यक्रम सुरु

    काठमाडौं- युनिलिभर नेपाल लिमिटेडले योजनाकार्यान्वयन साझेदार संस्था राडो नेपालसँगको सहकार्यमा हेटौँडा–३, बसामाडी स्थित सिमलथली समुदायमा ‘सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण’ नामक समुदायमुखी सामाजिक उत्तरदायित्व पहलको औपचारिक उद्घाटन गरेको छ ।

    यस परियोजनाको मुख्य उद्देश्य स्थानीय समुदायको सहभागितामार्फत नेपालमा जल संरक्षणसम्बन्धी गतिविधिहरूलाई सुदृढ बनाउनु हो । औपचारिक उद्घाटन का क्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री ललित घलानले युनिलिभर नेपालको नेतृत्व टोली लगायतको उपस्थितीमा स्थानीय महिलाहरूलाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गरे ।

    उक्त प्रतीकात्मक हस्तान्तरणले स्थानीय वातावरणको संरक्षण र संवद्र्धनप्रति सबै सरोकारवालाको साझा प्रतिबद्धतालाई झल्काएको थियो । उद्घाटन कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका संस्था तथा स्थानीय लाभग्राही, विशेष गरी स्थानीय महिलाहरू गरी करिब ८५ जनाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा जल संरक्षणका लागि जलवायु परिवर्तनसँग जुध्ने क्षमता निर्माण तथा स्थानीय पारिस्थितिक प्रणालीको संरक्षणमा सामूहिक पहलको महत्वमा जोड दिइएको थियो । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यस पहलप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘हामी हाम्रो व्यावसायिक वृद्धि र समुदायको सबलता सँगसँगै अघि बढ्नुपर्छ भन्ने विश्वास राख्छौँ । यो पहल स्थानीय सरोकारवाला र समुदायसँग नजिकबाट सहकार्य गर्दै दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। नेपालका लागि हित हुने कुरा युनिलिभरका लागि पनि हित हुनु हो, र हामी देशको वातावरणीय तथा सामाजिक प्रगतिमा अर्थपूर्ण योगदान दिन निरन्तर प्रतिबद्ध छौँ ।’  20260518_133343.jpg_D2m4Y0dev0.jpg

    राडो नेपालका अध्यक्ष डा कृष्ण धितालले जलवायु जोखिमको सामना गर्न समुदायको नेतृत्वमा हुने पहलको महत्त्व औँल्याउँदै भने, ‘वातावरणीय सबलता एक्लो प्रयासबाट निर्माण हुन सक्दैन । यसका लागि समुदाय, संस्था र जिम्मेवार साझेदारहरूको सक्रिय सहभागिता आवश्यक हुन्छ । यस पहलमार्फत हामी स्थानीय समुदायलाई उदाउँदा वातावरणीय चुनौतीहरूको दिगो रूपमा सामना गर्न आवश्यक ज्ञान, स्वामित्व र साधनबाट सक्षम बनाउन चाहन्छौँ ।’

    जिम्मेवार साझेदारीको महत्वलाई थप स्पष्ट पार्दै युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले भने, ‘दिगो विकास तब सबैभन्दा प्रभावकारी हुन्छ जब यो जवाफदेहिता, अनुपालना, र साझा जिम्मेवारीमा आधारित हुन्छ । यस सहकार्यले सामाजिक उत्तरदायित्व योगदानमा मात्र सीमित नभई दीर्घकालीन सामुदायिक स्वामित्व र वातावरणीय संरक्षणलाई मजबुत गर्ने प्रणाली निर्माण गर्नुपर्छ भन्ने हाम्रो विश्वासलाई थप सवल बनाएको छ ।’

    औपचारिक कार्यक्रम युनिलिभर नेपालका कारखाना प्रमुख सञ्जय भट्टाचार्यको धन्यवाद ज्ञापनसँगै सम्पन्न भयो । उनले सबै सरोकारवालाको सहभागिता र योगदानप्रति आभार व्यक्त गर्दै दिगो सामुदायिक विकासप्रति युनिलिभर नेपालको निरन्तर प्रतिबद्धता पुनः व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend