२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सूर्य नेपाल च्यालेन्ज १९ देखि २२ मे २०२६ सम्म Royal Nepal Golf Club मा आयोजना हुने


सञ्चार डबली
  • मंगलबार, जेठ ५ २०८३
  • 3.2K
    SHARES

  • images
    सूर्य नेपाल च्यालेन्ज १९ देखि २२ मे २०२६ सम्म Royal Nepal Golf Club मा आयोजना हुने

    काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज १९ देखि २२ मे २०२६ सम्म Royal Nepal Golf Club मा आयोजना हुने भएको छ।

    ७२ होलको प्रतियोगितामा ३९ जना व्यवसायिक (प्रोफेसनल) तथा १२ जना एमेच्योर गल्फरहरूको सहभागिता रहनेछ। पहिलो ३६ होलपछि कट लागू गरिनेछ र उत्कृष्ट १८ प्रोफेसनल तथा प्रोफेसनल कट पार गर्ने एमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा स्थान बनाउने छन्।

    प्रतियोगितालाई लक्षित गर्दै गल्फ कोर्सको अवस्था विशेष रूपमा सुधार गरिएको छ। अधिकांश खेलाडीहरू प्रतियोगिता अघि अभ्यास राउन्डमार्फत कोर्सको अवस्थासँग अभ्यस्त भइरहेका छन्।

    प्रतियोगिताको कुल पुरस्कार राशि रु ७ लाख १० हजार रहेको छ। विजेताले रु १ लाख ३० हजार प्राप्त गर्नेछन् भने उपविजेताले रु ९० हजार र तेस्रो हुने खेलाडीले रु ७० हजार प्राप्त गर्नेछन्। चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः रु ५५हजार र रु ४६ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट १८ स्थानभित्र रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

    यस प्रतियोगिताका प्रमुख दाबेदारहरूमा यस सिजन तीन उपाधिजितिसकेका भुवन नगरकोटी, अर्डर अफ मेरिटमा शीर्ष स्थानमा रहेका तथा दुई उपाधि विजेता निरज तामाङ, शुक्र बहादुर राई, दिनेश प्रजापति तथा जयराम श्रेष्ठ रहेका छन्। एमेच्योरतर्फ सूर्यनेपाल सेन्ट्रल ओपनका विजेता राहुल विश्वकर्मा पनि उपाधिका बलिया दाबेदार मानिएका छन्।

    Professional Golfers Association Nepal का अध्यक्षरबिन्द्रमान श्रेष्ठले भने: “अघिल्ला प्रतियोगिताहरूझैं यसपटक पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै निकै राम्रो स्कोर गर्ने अपेक्षा गरेको छु। गल्फ खेलकोविकास र प्रवर्द्धनमा निरन्तर सहयोग पुर्‍याइरहेको हाम्रो प्रायोजक Surya Nepal Pvt. Ltd. प्रति हामी अत्यन्त आभारी छौं।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend