२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

७०००mAh ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य कति ?


सञ्चार डबली
  • शुक्रबार, जेठ १ २०८३
  • 2.9K
    SHARES

  • images
    ७०००mAh ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य कति  ?

    काठमाडौँ / ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम डिजाइन, ७०००mAh ब्याट्री, एआई फोटोग्राफी फिचर तथा टिकाउपनासहित फोन बजारमा ल्याएको जनाएको छ।

    कम्पनीका अनुसार ओपो ए६सीमा ७०००mAh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म गेमिङ, भिडियो हेर्ने, इन्टरनेट ब्राउजिङ तथा दैनिक प्रयोग सहज बनाउनेछ। फोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा समेत उपलब्ध रहेको बताइएको छ।

    ओप्पोले यो स्मार्टफोनलाई ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ रंगमा उपलब्ध गराएको छ। फोनमा १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्ले राखिएको छ, जसले स्मूथ स्क्रोलिङ तथा जीवन्त दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    फोटोग्राफीका लागि फोनमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ। यी सुविधाले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारलाई अझ स्पष्ट बनाउन सहयोग गर्ने बताइएको छ।

    फोनमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा रहेको छ भने ४८ महिनासम्म स्थिर कार्यसम्पादन कायम राख्न फ्लुएन्सी प्रोटेक्सन फिचर पनि दिइएको कम्पनीले जनाएको छ।

    ग्राहकलाई थप भरोसा दिन कम्पनीले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि उपलब्ध गराएको छ। यो योजना जेठ १ देखि असार १, २०८३ सम्म फोन खरिद गर्ने ग्राहकका लागि लागू हुने जनाइएको छ। योग्य हार्डवेयर समस्यामा ग्राहकलाई सिधै नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    यसैबीच, ओप्पोले ‘ओपो ए६’ (८ जीबी र्याम + १२८ जीबी स्टोरेज) भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ। ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध उक्त स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

    कम्पनीका अनुसार ओपो ए६ सिरिजले शक्तिशाली ब्याट्री, एआई प्रविधि, आकर्षक डिजाइन तथा स्मूथ डिस्प्लेमार्फत बजेट तथा मिड–रेन्ज स्मार्टफोन प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend