२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत –सांसद सुब्बा


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 8.5K
    SHARES

  • जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत –सांसद सुब्बा

    काठमाडौं वैशाख ६ गते । जग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरीत भएको प्रतिनिधि सभाकी सांसद सरस्वती सुब्बाले बताएकी छिन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

    ‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ। प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिनमा दलालीकरण बढाउँछ। त्यसैले कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

    सरकारले मंगलबार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । सरकारले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।

     

  • सम्बन्धित विषय:

  • # सांसद सुब्बा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend