२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images
गुजरात शीर्षस्थानमा

विराट कोहलीको शतक : सहज जितसँगै आरसिबी शीर्ष स्थानमा


सञ्चार डबली
  • बिहीबार , वैशाख ३१ २०८३
  • 7.1K
    SHARES

  • images
    विराट कोहलीको शतक : सहज जितसँगै आरसिबी शीर्ष स्थानमा

    रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    रायपुरमा बुधबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।आरसिबीको जितका नायक विराट कोहली रहे । उनले ६० बलमा १०५ रनको विस्फोटक अविजित इनिङ्स खेले । उत्कृष्ट ब्याटिङ गरेका कोहली ‘प्लेयर अफ द म्याच’ बने ।

    पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । तर, कोहलीको लयका अगाडि कोलकाताका बलर निरिह देखिए ।

    पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७१ रन बनाए । उनको इनिङ्समा ७ चौका र ३ छक्का समावेश थिए ।

    अन्त्यतिर रिंकु सिंहले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ४९ रनको महत्वपूर्ण योगदान दिए । इनिङ्सको सुरुवातमा फिन एलेनले ८ बलमा १८ रनको तेज पारी खेले भने कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडे । क्यामरन ग्रीनले पनि २४ बलमा ३२ रनको योगदान दिए ।

    तालिकाको शीर्ष स्थानमा उक्लिएको आरसिबीले १२ खेल खेल्दै आठ जित निकाल्दै १६ अंक जोडेको छ । समान अंक भए पनि गुजरात टाइनेन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । ११ खेल खेलेको कोलकाता भने ९ अंकसहित आठौं स्थानमा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend