२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमाले सुदूरपश्चिम संसदीय दल र अध्यक्ष ओली बिचको छलफल निष्कर्षविहीन


सञ्चार डबली
  • बुधबार, वैशाख २३ २०८३
  • 2.2K
    SHARES

  • images
    एमाले सुदूरपश्चिम संसदीय दल र अध्यक्ष ओली बिचको छलफल निष्कर्षविहीन

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र सुदूरपश्चिम प्रदेशसभा सांसदहरू बिचको संवाद बिनानिष्कर्ष टुंगिएको छ । दलको नेता फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीले बुधबार सांसदहरूलाई आफ्नो निवास गुन्डुमा बोलाएका थिए ।

    झन्डै चार घण्टा चलेको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार शुक्रबार फेरि बस्ने गरी छलफल टुंगिएको छ ।

    छलफलमा दलका नेता राजेन्द्रसिंह रावलसहित सबै सांसद सहभागी थिए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रहेका रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता फेरबदलको पक्षमा अध्यक्ष ओलीसँग लविङ गरेका थिए ।

    आजको बैठकमा दलको नेता फेरबदल गर्ने विषयमा कुनै निर्णय नभएको सन्तोषकुमारी शर्मा थापाले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend