२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज सुनको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ? 


सञ्चार डबली
  • बुधबार, वैशाख २३ २०८३
  • 2.0K
    SHARES

  • images
    आज सुनको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ? 


    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको हो। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको महासंघले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend