२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्रीसहित रियलमी जीटी ८ प्रो सिरिज सार्वजनिक


सञ्चार डबली
  • शनिबार, वैशाख १९ २०८३
  • 2.1K
    SHARES

  • images
    उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्रीसहित रियलमी जीटी ८ प्रो सिरिज सार्वजनिक

    काठमाडौं । रियलमीले रियलमी जीटी ८ प्रो सिरिज सार्वजनिक गरेको छ । सर्वाजनिकसहित कम्पनीले फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको हो । प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको जनाएको छ ।

    यस सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसिङ क्षमता र लामो समयसम्मको ब्याट्री क्षमतालाई आकर्षक तथा मजबुत डिजाइनमा समेटेको कम्पनीले जनाएको छ ।

    यस प्रिमियम स्मार्टफोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ ।

    कम्पनीका अनुसार परिष्कृत रियर भिडियो रेकर्डिङअन्तर्गत ३० फ्रेम प्रतिसेकेन्डमा ८के, ६० फ्रेम प्रतिसेकेन्डमा ४के, साथै ३० फ्रेम प्रतिसेकेन्ड र १२० फ्रेम प्रतिसेकेन्डमा ४के तथा १०८०पी रेकर्डिङ सुविधा उपलब्ध छन् ।

    उपकरणमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ । जसलाई उन्नत हाइपर भिजन प्लस एआई चिपले साथ दिएको छ । यस संयोजनले गेमिङ, बहुकार्य सञ्चालन तथा सामग्री निर्माणका क्रममा उच्च कार्यसम्पादन, उत्कृष्ट ऊर्जा दक्षता र समग्र प्रयोग अनुभवमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ ।

    जीटी ८ प्रो सिरिज ब्याट्री र चार्जिङ क्षमताका कारण पनि विशेष रहेको कम्पनीको दाबी छ । यसमा ७००० मिलिअम्पियर–घण्टाको टाइटन ब्याट्री समावेश गरिएको छ । १२० वाट सुपरभोक फ्ल्यास चार्जिङमार्फत केही मिनेटमै उपकरण चार्ज गर्न सकिनेछ । ५० वाट वायरलेस फ्ल्यास चार्जिङले दैनिक प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ । साथै डिस्प्ले अन्तर्गत यस स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको २के अल्ट्रा–ब्राइट स्क्रिन उपलब्ध छ ।

    जसको अधिकतम उज्यालोपन ७ हजार निट्ससम्म पुग्छ । यसले बाहिरी उज्यालो वातावरणमा पनि स्पष्ट दृश्यता प्रदान गर्ने बताइएको छ । उचस्तरीय मेकानिकल संरचनाले उपकरणको मजबुती बढाउँदै प्रिमियम डिजाइन र प्रिमियम अनुभवलाई कायम राखेको कम्पनीले जनाएको छ ।

    रियलमी जीटी ८ प्रो सिरिज नेपालमा १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमतासहित उपलब्ध रहेको छ । विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य एक लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस्टन मार्टिन ग्रिन भेरियन्टको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ रहेको छ । यो स्मार्टफोन देशभर उपलब्ध भइसकेको छ, साथै, ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत प्रदान गरिएको छ, जसले फ्ल्यागशिप स्मार्टफोनको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

    यस फोनको सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्ताका लागि प्रतिस्पर्धी मूल्यमा उच्चस्तरीय प्रविधि र अर्थपूर्ण नवप्रवर्तन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend