२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बुटवल उच्च अदालत अगाडिको सरकारी जग्गामा बसेको बस्तीबाट सामान उठाउन थालियो


सञ्चार डबली
  • आइतबार, वैशाख १३ २०८३
  • 4.3K
    SHARES

  • images
    बुटवल उच्च अदालत अगाडिको सरकारी जग्गामा बसेको बस्तीबाट सामान उठाउन थालियो

    बुटवल । उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाउने तयारी गरिएको छ । डोजर चलाउने भएपछि त्यहाँ रहेका टहरा तथा पसलबाट सामान उठाउन थालिएको छ ।

    बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४, जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउने तयारी अघि बढाएको हो । सूचना जारी हुने चर्चा चलेसँगै व्यवसायी र संरचना बनाएकाहरू आइतबार बिहानैदेखि सामान सार्न व्यस्त थालेका छन् ।

    उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन रहेका छन् । उपमहानगरपालिकाले चाँडै सूचना निकालेर हटाउने अभियान सुरु गर्ने जनाएको छ ।

    लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गा संरक्षणका लागि यसअघि प्रयास भए पनि सफल हुन सकेको थिएन । अहिले पुनः प्रक्रिया अघि बढेपछि यस क्षेत्रमा हलचल बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend