२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 11.2K
    SHARES

  • images
    लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने



    लमजुङ वैशाख ६ गते । लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो । 

    प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मान सहित कम्तीमा ५० हजार रुपैयाँ राशीको पुरस्कार दिइने प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले बताए। गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् ।

    लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका लोक गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनावरत रुपमा लागि पर्दै आएकी छन् । लोकगायिका माया गुरुङले गाएको  ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो । 

    लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा लागेको भन्दै उहाँलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

    २०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम भउकी उनले ‘सैलुङ्गे डाँडा नाल्माको....माया सरर, खुर्पेटो डोकोले....लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकि छन् । उनले ११ वटा गीति एल्बम समेत निकालीसकेकी छन् ।

  • सम्बन्धित विषय:

  • # माया गुरुङ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend