२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रशंसा रायमाझीले 'चिरञ्जीवी भवः' फिल्मबाट डेब्यु गर्दै


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 3.6K
    SHARES

  • प्रशंसा रायमाझीले 'चिरञ्जीवी भवः' फिल्मबाट डेब्यु गर्दै

    काठमाडौं । पछिल्लो समय मोडलिङ र सामाजिक सञ्जालमा चर्चामा रहेकी छन् प्रशंसा रायमाझी । प्रशंसाले अब फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

    चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ बाट उनले अभिनेत्रीका रूपमा डेब्यु गर्ने भएकी हुन् ।

    निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रूपमा प्रशंसालाई सार्वजनिक गरेको छ । फिल्म दीपक आचार्यले नै निर्देशन गर्दैछन् भने यसको कथा कट्टेलले लेखेका हुन् ।

    आचार्यले यसअघि ‘परान’ निर्देशन गरेका थिए । जुन २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ ।

    फिल्म दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिए । फिल्मको छायाङ्कन छिट्टै हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend