२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कजारिया टायल्सकाे नयाँ शोरुम ललितपुरमा, कन्ट्री म्यानेजर अभ्यास तिवारीले गरे उद्घाटन


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 2.5K
    SHARES

  • images
    कजारिया टायल्सकाे नयाँ शोरुम ललितपुरमा, कन्ट्री म्यानेजर अभ्यास तिवारीले गरे उद्घाटन

    ललितपुर / सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । 

    कम्पनीले काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति थप विस्तार गर्दै छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सनद्वारा सञ्चालन हुने उक्त शोरुमको वैशाख ४ गते शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

    उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति रहेको थियो। रिबन काट्दै अभ्यास तिवारीले शोरुमको औपचारिक उद्घाटन गरे, जसले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल समाधानहरू नजिक ल्याउने नयाँ अध्यायको सुरुवात गर्नुका साथै नेपाली बजारमा उत्कृष्टता प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।

    सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर, अभ्यास तिवारीले भने, “हामी छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि.सँगको सहकार्यमार्फत ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा अत्यन्त खुसी छौँ । उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा, यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ ।”

    नयाँ शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन्, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरू अनुरूप तयार गरिएको छ ।

    कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ ।

    हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४०से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend