२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिलायन्स फाइनान्सले डिजिटल ऋण सेवा दिने, इसेवासँग गर्यो सहकार्य


सञ्चार डबली
  • आइतबार, वैशाख ६ २०८३
  • 2.0K
    SHARES

  • images
    रिलायन्स फाइनान्सले डिजिटल ऋण सेवा दिने, इसेवासँग गर्यो सहकार्य

    काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल ऋण सेवा प्रदान गर्ने भएको छ। कम्पनीले इसेवासँगको सहकार्यमा मोबाइल एपमार्फत ग्राहकलाई डिजिटल कर्जा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको हो।

    कमलादीस्थित फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न सम्झौताअनुसार ईसेवाका ग्राहकहरूले आफ्नो व्यवसाय विस्तारका लागि बिना धितो २ लाख रुपैयाँसम्मको डिजिटल ऋण छिटो, सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन्।

    सम्झौता पत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्ताक्षर गरेका हुन्। 

    दुवै पक्षले यो सहकार्यले कागजी प्रक्रिया बिना छिटो र सहज वित्तीय सेवा उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

    रिलायन्स फाइनान्सले देशभर २१ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र विभिन्न डिजिटल तथा वित्तीय संस्थासँग सहकार्य गर्दै नवीन सेवा विस्तार गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend