२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 प्रधानमन्त्री बालेनले दिए मातातीर्थ औंसीको शुभकामनाः भने– म नेपाल आमा हाँसेको हेर्न चाहन्छु


सञ्चार डबली
  • शुक्रबार, वैशाख ४ २०८३
  • 3.5K
    SHARES

  • images
     प्रधानमन्त्री बालेनले दिए मातातीर्थ औंसीको शुभकामनाः भने– म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

    काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी,’ उनले संस्कृत वाक्यांश अनुवाद गर्दै शुभकामना दिएका छन्, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औंसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।’

    आमा जीवनको पहिलो गुरू अनि अनन्त ममताकी स्रोत आमा भएको प्रधानमन्त्री बालेनले बताएका छन्।‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औंसी ९आमाको मुख हेर्ने दिन० को हार्दिक मंगलमय शुभकामना। हे जननी१ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend