२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरू, भुवन र निरज क्वाटरफाइनलमा


सञ्चार डबली
  • बुधबार, वैशाख २ २०८३
  • 2.5K
    SHARES

  • images
    सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरू, भुवन र निरज क्वाटरफाइनलमा

    काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ।

    लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंक बहादुर कार्की क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

    रोयल नेपाल गल्फ क्लबमा आज दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले। उनले पन्ध्रौँ सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए। १२ औं होलमा जित हात पारेका भुवनले क्वाटरफाइनलमा टंक बहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। दशौं  सिडेड टंकले सातौं सिडेड धनलाई २/० ले हराए। यी दुई बीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८ औं होलमा जित निकाले।

    नेपाल नम्बर एक गल्फर निरजले सोर्हौं सिडेड सूर्य प्रसाद शर्मालाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे। १६ औं होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन्। नवौं सिडेड रामेले आठौं सिडेड भुवन कुमार रोक्कालाई १/० ले हराए।

    तेस्रो सिडेड दिनेश प्रजापतिले चौधौं सिडेड बलभद्र राईलाई सहजै ६/४ ले माथ दिए। दिनेशले क्वाटर फाइनलमा रवि खड्कासँग खेल्नेछन्। छैटौं सिडेड रविले ११ औं सिडेड दीपक मगरलाई ४/२ ले हराए।

    चौथो सिडेड सञ्जयले तेर्हौ वरियताका रमेश अधिकारीलाई ३/२ ले पराजित गरे। सञ्जयले भोलि सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन्। जयराम वाक ओभर पाएर अन्तिम आठमा पुगे। बार्हौं वरियताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाइ पाएका हुन्।

    तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछ। दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन्।

    यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरूले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend