२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन


सञ्चार डबली
  • सोमबार, चैत ३० २०८२
  • 3.0K
    SHARES

  • images
    सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

    काठमाडौँ- सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ ।

    यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालभित्र यात्रा गर्दा १५% वा अधिकतम रु २०० सम्म तथा भारत यात्रा गर्दा १५% वा अधिकतम रु ४०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

    यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस पहलमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छटहरू उपलब्ध गराउँदै आएको छ ।

    बससेवा अभियानका अतिरिक्त, सानिमा बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् ।

    विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।   

    https://www.sanimabank.com/digital-banking/offers

    सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend