२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई बोलाएर छलफल चलाउन माग


सञ्चार डबली
  • सोमबार, चैत ३० २०८२
  • 4.2K
    SHARES

  • images
    संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई बोलाएर छलफल चलाउन माग

    काठमाडौं । सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बोलाएर छलफल चलाउन माग गरेका छन् ।राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल थियो ।

    जहाँ उपस्थित सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले अब प्री–बजेट छलफल हुनुपर्ने माग गरे ।

    प्रत्येक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि संसद्‍मा प्री–बजेट छलफल गर्ने अभ्यास छ । संसदीय विषयगत समितिमा पनि प्री–बजेट छलफल हुने गरेको छ ।

    नेकपा एमालेकी सांसद रेखा कुमारी झाले मधेशलाई केन्द्रमा राखेर आगामी बजेट आउनुपर्ने बताइन् ।उनले भनेकी छन्, ‘जति मधेशले नयाँ सरकार बनाउन भूमिका खेले त्यसनुसार काम होस् । त्यसअनुसार न्याय दिलाउने गरी बजेट दिइयोस् ।’नेपाली कम्युनिस्ट पार्टीकी सांसद सावित्री मल्लले पनि अर्थमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताइन् ।

    ‘अर्थमन्त्रीलाई बोलाएर छलफल गरौँ’ उनले भनिन्, ‘बजेटमा मधेशलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’ कर्णाली लगायत विगतमा पछाडि पारिएका क्षेत्र र भूगोललाई ख्याल गरेर सरकारले नीति तथा योजना ल्याउनुपर्ने उनको आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend