२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईपीएल २०२६ : सनराइजर्स हैदराबादसँग कोलकाता पराजित


सञ्चार डबली
  • शुक्रबार, चैत २० २०८२
  • 2.1K
    SHARES

  • images
    आईपीएल २०२६ : सनराइजर्स हैदराबादसँग कोलकाता पराजित

    काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो जित दर्ता गरेको छ । यो जितसँगै सनराइजर्सले दुई खेलबाट तालिकामा पहिलो दुई अंक जोड्यो । सनराइजर्सले यसअघि सम्पन्न पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ६ विकेटको हार व्यहोरेको थियो ।

    बिहीबार कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा सनराइजर्सले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो ।

    कोलकातालाई सस्तैमा रोक्न सनराइजर्सका जयदेव उनाड्कटले सर्वाधिक तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनाड्कटले २१ रन खर्चिए । उनको इकोनोमी ३.०० रह्यो । इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई विकेट लिँदा हर्ष दुबेले एक विकेट लिए ।

    यो जितसँगै हैदराबाद आइपिएल २०२६ मा ठूलो लक्ष्य जोगाउने पहिलो टोली बनेको छ। कोलकाता लगातार दोस्रो खेलमा हार भोगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend