२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै


सञ्चार डबली
  • बुधबार, चैत १८ २०८२
  • 2.4K
    SHARES

  • भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै

    काठमाडौं ।  भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ ।

    भिभो भि७०को मुख्य आकर्षण भिभो र जाईसबीचको सहकार्यको नयाँअध्याय रहने देखिन्छ । यसमा ५० मेगापिक्सेलको जाईस सुपर टेलिफोटो क्यामरा हुने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटीकता प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’ को व्यवस्था गरिएको छ, जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबीछ ।

    यसैगरी, भिभो भि७० माद्धप्टण् एक् भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ, जसले भीसिरिजमै पहिलो पटक प्रोफेशनल सिनेमाटिक अनुभव ल्याउनेछ ।यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुति देखि द्रुत एक्सन दृश्यहरूसम्मको भिडियो सहज गति र सिनेमाटिक विवरणका साथकैदगर्न सकिने अपेक्षा गरिएको छ ।

    डिजाइनको हकमा पनि भिभो भि७० ले नयाँ उचाइलिने देखिन्छ ।यसमा ‘एयरोस्पेस–ग्रेड एल्युमिनियम अलोयफ्रेम’प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहजप्रयोग बीच सन्तुलन कायम गर्नेकम्पनीको भनाइछ ।

    भि७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने आफ्नो दृष्टिकोणलाई निरन्तरतादिएको छ। तर, यो अहिले केवल पहिलो झलक मात्र हो। अधिकांश विवरणहरु अझै गोप्य राखिएको छ । भिभो भि७० का पूर्ण विशेषताहरू, मूल्य, र आकर्षक अफरहरू आगामी७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक गरिनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend