२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक


सञ्चार डबली
  • सोमबार, चैत १६ २०८२
  • 2.2K
    SHARES

  • महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी क्यालेन्डर २०८३' को डिजिटल संस्करण सार्वजनिक भएको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार (चैत्र १५) आयोजित कार्यक्रमका उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।

    परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले बताएको छ ।  महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरूलगायतका सम्पूर्ण  विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

    नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई संवर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend