२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, चैत १३ २०८२
  • 3.6K
    SHARES

  • शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend