२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सानिमा बैंकलाई ‘CARE-NP A- (Is)’ रेटिङ, वित्तीय स्थायित्वमा सुधारको संकेत


सञ्चार डबली
  • बिहीबार , चैत १२ २०८२
  • 4.5K
    SHARES

  • images
    सानिमा बैंकलाई ‘CARE-NP A- (Is)’ रेटिङ, वित्तीय स्थायित्वमा सुधारको संकेत

    काठमाडौं- सानिमा बैंक लिमिटेडले ‘CARE-NP A- (Is)’ रेटिङ प्राप्त गर्न सफल भएको छ। Care Edge Ratings Nepal ले प्रदान गरेको उक्त रेटिङले बैंकको वित्तीय अवस्था, स्थायित्व र जिम्मेवार बैंकिङ अभ्यासप्रति विश्वास झल्काउने जनाएको छ।

    बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको हो। सानिमा बैंकले आफ्नो वित्तीय सुदृढता तथा दीर्घकालीन स्थायित्वलाई सुदृढ गर्दै आएको परिप्रेक्ष्यमा यो मूल्याङ्कन प्राप्त भएको बताइएको छ।

    हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२६ वटा एटीएम सञ्चालनमा रहेका छन्। देशभर आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले ग्राहकलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

    बैंकका अनुसार उक्त रेटिङले संस्थाको विश्वसनीयता थप मजबुत बनाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend