२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिद्धार्थ बैंकले मनायो ग्लोबल मनी विक, ५१ वटा कार्यक्रमहरूमार्फत २,६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान


सञ्चार डबली
  • मंगलबार, चैत १० २०८२
  • 1.8K
    SHARES

  • images
    सिद्धार्थ बैंकले मनायो ग्लोबल मनी विक, ५१ वटा कार्यक्रमहरूमार्फत २,६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकमा बैंकले सात ओटै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

    यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘स्मार्ट मनी टल्क्स’लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरूमा विद्यार्र्थीलक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो । 

    बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्र्थीहरूमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २,१७१ जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

    साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरू सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यसरी ‘ग्लोबल मनी विक २०२६’मा बैंकले कुल ५१ वटा कार्यक्रमहरूमार्फत २,६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।  

    देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरी दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरू समेत प्रकाशन गरेको थियो । 

    वित्तीय सचेतनाको आवश्यकता र महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरूबाट ‘ग्लोबल मनी विक’का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको छ भन्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend