२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल एसबीआई बैंक लि. द्धारा इलाका प्रहरी कार्यालय, टाँडी, रत्ननगरलाई सहयोग प्रदान


सञ्चार डबली
  • मंगलबार, चैत १० २०८२
  • 1.8K
    SHARES

  • images
    नेपाल एसबीआई बैंक लि. द्धारा इलाका प्रहरी कार्यालय, टाँडी, रत्ननगरलाई सहयोग प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चितवन स्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामाग्रीहरु जस्तै स्टिल दराज, अफिस टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, ए.सी., स्ट्यान्डर सिलिङरवाल फ्यान, ल्यापटप सहयोग स्वरुप प्रदान गरेको छ ।

    उक्त सामाग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक, श्री गोविन्द पूरीलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो । 

    नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend