२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एभरेष्ट बैंकद्वारा Global Money Week – 2026 को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम


सञ्चार डबली
  • सोमबार, चैत ९ २०८२
  • 3.6K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा Global Money Week – 2026 को अवसरमा विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रम

    काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको थियो ।

    साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी गराइएको बैंकले जनाएको छ । 

    "Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो । 

    एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकको देशभर १ सय ३३ ओटा शाखा सञ्जाल, ४ ओटा एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १ सय ६३ ओटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

    विश्वव्यापी नेटवर्कमार्फत आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिएको छ ।

    बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend