२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • सोमबार, चैत ९ २०८२
  • 2.3K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो ।

    कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल, जोखिमलगायत विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजिकरण गरेका थिए ।

    कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो कार्यक्रम धेरै उपयोगी रहेको जानकारी गराउँदै आर्थिक क्षेत्रका विभिन्न उपयोगी तालिमका लागि बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य गरिरहेको बताए ।

    आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend