२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : विद्यार्थीहरूका लागि झोला र स्टेशनरी वितरण


सञ्चार डबली
  • सोमबार, चैत ९ २०८२
  • 3.6K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : विद्यार्थीहरूका लागि झोला र स्टेशनरी वितरण

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘अवसरको झोला’ अभियान सञ्चालन गरेको छ । बैंकले हरेक बालबालिकामा सपना हुन्छ, तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन । सोही  यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको हो ।

    उक्त अभियानअन्तर्गत बैंकले आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ । विद्यार्थीहरूका लागि सहयोग वितरणपश्चात एक विज्ञप्ति जारी गर्दै बैंकले भनेको छ “कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ । यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ ।

    कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा देखिएको खुशी केवल सामग्री प्राप्तिको थिएन—त्यो त ‘अब म पनि सक्छु’ भन्ने विश्वासको झल्को थियो । यसै अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ ।”

    बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।

    हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend