२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मन्जुश्री फाइनान्सद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम


सञ्चार डबली
  • आइतबार, चैत ८ २०८२
  • 3.4K
    SHARES

  • images
    मन्जुश्री फाइनान्सद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ / मन्जुश्री फाइनान्स लिमिटेड ले ग्लोबल मनी विक २०२६ को अवसरमा साताभर देशभर विभिन्न वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। 'स्मार्ट मनी टक्स'अभियानलाई केन्द्रमा राख्दै फाइनान्सले आफ्ना शाखामार्फत विभिन्न संघ–संस्थामा पुगेर वित्तीय साक्षरताबारे जानकारी प्रदान गरेको जनाएको छ। कार्यक्रममार्फत विद्यार्थी, कर्मचारी, गृहिणीदेखि सर्वसाधारणसम्मका विभिन्न वर्गलाई लक्षित गरी वित्तीय सचेतना अभिवृद्धि गरिएको थियो।

    यस क्रममा बचतको महत्व, वित्तीय अनुशासन तथा आधुनिक बैंकिङ सेवाबारे जानकारी दिइएको थियो। साथै 'बचत एउटा बानी हो' र 'Smart Money Talks' जस्ता नारासहित प्रभातफेरी कार्यक्रम समेत आयोजना तथा सहभागिता जनाइएको फाइनान्सले जनाएको छ।

    हाल करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको मन्जुश्री फाइनान्स लिमिटेड ले देशभर २८ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

    फाइनान्सका अनुसार हाल १ लाख ८७ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै उत्कृष्ट बैंकिङ सेवा विस्तार गर्दै लगिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend