२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्र संघीय मञ्चमा मन्त्री मोदीको सम्बोधन, थारु समुदायमा हुने सिकलेस रोगबारे जानकारी


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 9.5K
    SHARES

  • राष्ट्र संघीय मञ्चमा मन्त्री मोदीको सम्बोधन, थारु समुदायमा हुने सिकलेस रोगबारे जानकारी


    काठमाडौं, बैशाख ६ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा महत्वपूर्ण सम्बोधन गरेका हुन् ।

    लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशील संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरुको हक अधिकार थप सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ ।’

    मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलेस एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाई समेत राखे । सिकलेस एनिमियाको विषय आफू थारु समुदाय कै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफुनो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने, ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धनका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।’

  • सम्बन्धित विषय:

  • # मन्त्री मोदीको सम्बोधन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend